× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गठबन्धन भएपनि चितवनको मतपत्रमा सबै सात पदमा रुख चिन्ह छापिने

    २ वर्ष पहिले

    बैशाख-१८, नेपाली कांग्रेसले चितवनमा विभिन्न दलसँग गठबन्धन गरेर केही पदमा उम्मेदवार नउठाएको भएपनि स्थानीय तह निर्वाचनको मतपत्रमा सबै पदको लागि रुख चिन्ह छापिने भएको छ ।

    कांग्रेस पार्टीबाट रुख चिन्ह बाहक आधिकारिक उम्मेदवार नभए पनि मतपत्रमा रुख चिन्ह भने छापिने निर्वाचन आयोगले जनाएको हो ।राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिन्ह रहने भएको छ ।

    निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा मतपत्र छपाइ सुरु गरेको छ । सुरुमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ लिन सक्थे । तर, आयोगले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने बताएको छ ।

    मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य, र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ । यी मध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सातवटै चुनाव चिह्न रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘प्रमुखमा उम्मेदवार छैन, उपप्रमुखमा छैन, वडाध्यक्षमा पनि छैन तर वडाको कुनै एउटा सदस्यमा उम्मेदवारी रह्यो भने त्यो दलको निर्वाचन चिह्न लहर रहने भयो, सातवटै चुनाव चिह्न रहने भयो’ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने ।

    महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ पनि सुरु भइसकेको प्रवक्ता पौडेलले बताए ।