× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सलिना महर्जनले जितिन् मिस नेवाः नेपाल ११४२ को उपाधि

    २ वर्ष पहिले

    बैशाख-१९, मिस नेवाः नेपाल ११४२ को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जितेकी छन् ।

    नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् ।

    मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले सलिनालाई ताज पहिर्‍याइदिएकी थिइन् । उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद जितेकी छन् । साथै, क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् ।

    ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर थिमिकी सेलिना प्रजापति सेकेन्ड रनरअप घोषित भएका छन् ।