× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोरखाको पालुङटारमा कांग्रेस र जसपा बीच गठबन्धन टुट्यो

    २ वर्ष पहिले

    बैशाख-२१, गोरखाको पालुङटारमा नेपाली कांग्रेस र जनता समावजवादी पार्टी (जसपा)बीच गठबन्धन नहुने भएको छ । यसअघि दुई पार्टीबीच कांग्रेसले नगरपालिकाको मेयरमा जसपालाई सहयोग गर्ने सहमति भएको थियो ।

    जिल्ला स्तरमा नै सहमति जुटाउन नसकेपछि दुई पार्टीबीच गठबन्धन नहुने भएको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले एक विज्ञप्ती जारी गर्दै केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडासम्म तालमेलनको प्रयास गरेको तर एक्लाएक्लै प्रतिस्पर्धामा जाने सल्लाह दिएको जनाएका छन् ।

    दुई दलबीच एकल रुपमा प्रतिस्पर्धामा जाने सहमति भएको उनले उल्लेख गरेका छन् । मेयरमा जसपालाई र उपमेयरमा कांग्रेसलाई सहयोग गर्ने यसअघि दुई पार्टीबीच सहमति भएको थियो ।