× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको अधिकांश प्रदेशको केही स्थानमा वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-२३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको अधिकांश प्रदेशको केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्य वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।

    हाल प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै बाकी प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षा भइरहेको छ।

    आज दिउँसो प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै,राती प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।