× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुर मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडानको तयारी

    २ वर्ष पहिले

    बैशाख-२४, भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडानको तयारी गरिएको छ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्रै च्यातिएपछि यस वर्ष मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडान गर्न लागिएको हो ।

    वैशाख ३० गते हुने मतदानपछि मतगणना भरतपुर– १० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ब्लक ‘सी’ मा हुँदै छ। कार्यालयले ‘ए’ र ‘बी’ ब्लकलाई सिलबन्दी गरेर ‘सी’ ब्लकमा गणना गर्न लागेको छ।

    मतपत्रको सुरक्षा र मतगणनालाई निष्पक्ष बनाउन हामी संवेदनशील तरिकाबाट लागेका छौं,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौड्यालले भने, ‘मतगणनास्थलमा सिसिटिभी जडानको काम भइरहेको छ।’ उनका अनुसार, मतगणनास्थलमा ८ वटा सिसिटिभी जडान हुँदै छन्।

    बढीमा सात ठाउँबाट गणना गर्ने गरी काम अगाडि बढेको उनले बताए। सुरुवाती चरणमा एक ठाउँबाटै मतगणना गर्ने र पछि विस्तार गरिने उनको भनाइ छ। ‘सी’ र ‘बी’ ब्लकको बीच भागमा मतपेटिका राख्ने व्यवस्था गरिएको उनले बताए।

    मतगणनास्थलमा निर्वाचन अयोगले पनि सिसिटिभी जडान गर्न पत्रचार गरेको छ। आयोगको निर्देशनअनुसार, चितवनका सातवटै स्थानीय तहमा आयोगले हेर्न मिल्ने गरी सिसिटिभी जडान हुँदै छ ।

    पहिले वडा नम्बर १९ मा मतगणना हुँदै गर्दा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यस्तै जेठ १४ गते मध्यरातमा भएको घटनापछि सो वडामा पुनः मतदान भएको थियो।