× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोको कारण मुग्लिन नारायणगढ सडक अबरुद्ध, भोली विहानमात्र यातायात सञ्चालन हुने ।

    २ वर्ष पहिले

    बैशाख २४, चितवन
    मुग्लिन नारायणगढ सडक खण्डको कालीखोला नजिकै ठुलो पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध हुन पुगेको छ । आज बेलुकी ७ः३० बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित रहेको नाम्सी पुल नजिकै सुख्खा पहिरो खस्दा यातायात अबरुद्ध हुन पुगेको हो ।

    नाम्सी पुल जीर्ण भएपछि सडक डिभिजन कार्यालयले अर्को पुल निर्माणको लागि काम भइरहको क्षेत्रमा पहिरो खसेको हो । ठुलो चट्टान सहितको पहिरो खसेको हुँदा अहिले १ वटा लोडर, १ वटा स्काभेटर र १ वटा जेसिभी गरी ३ वटा मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ । थप पहिरो नखसे ४ घण्टामा एकतर्फी राजमार्ग सञ्चालनमा ल्याउन सकिने इलाका प्रहरी कार्यालय मुग्लिनका असई राजन श्रेष्ठले हाइवे समाचारलाई जानकारी दिएका छन् ।

    पहिरो ठुलो भएका कारण प्रहरीले यात्रुहरुलाई बैकल्पिक राजमार्गको प्रयोग गर्न समेत आग्रह गरेका छन् ।राजमार्ग अबरुद्ध हुदा सयौ यात्रुहरु अलपत्र परेका छन् । अलपत्र परेका यात्रूहरु सवारी साधनभित्रै त कोही सडकमा सुतेको देख्न सकिन्छ । पहिरो खसेको झण्डै ३ घण्टा पछिमात्र पहिरो हटाउन मेशिनहरुको प्रयोग गरेपछि यात्रुहरु आक्रोशित बनेका थिए । वर्षेनी पहिरो जान सक्ने क्षेत्रहरुमा सम्बन्धित निकायले पहिरो हटाउनका लागि मेशिनहरु नराखिदिदा सास्ती व्यहोर्नु परेको अलपत्र परेका यात्रुहरुले गुनासो गरेका थिए ।