× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज मे ८ अर्थात विश्व रेडक्रस दिवस

    २ वर्ष पहिले

    बैशाख-२५, आज मे ८ अर्थात विश्व रेडक्रस दिवस । नेपालसहित विश्वभर यो दिवस विविध सचेतनामुलक कार्यक्रम गरि मनाईदैँ छ ।

    रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै विश्वभर आज रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको स्थापना गरेका थिए । कामको सिलसिलामा युरोपको युद्धग्रस्त क्षेत्रमा पुग्दा सिपाहीको दर्दनाक चोटहरु देखेपछि उनले उनीहरुको उद्धार गरि प्राथमिक सेवा गरेका थिए ।

    मानवताको मुल्य र सेवालाई मध्यनजर गर्दै ड्युनाले रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई कदर गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनले अधिकारीक मान्यता प्राप्त गरेको थियो । नेपालमा भने बि.स २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।