× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १३ संक्रमित थपिए, निको हुनेको संख्या १७

    ३ वर्ष पहिले

    बैशाख-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार १ सय ६४ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ३ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ५९ हजार २ सय ४१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार २ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको संख्या १ जना रहेको छ । हालसम्ममा ११ लाख ७९ हजार ३ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ सय ८५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ सय ८४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेको छ।

    २४ घण्टामा १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ८ सय २३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।