× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रचण्ड लगायत बहालवाला मन्त्रीहरुले नै निर्वाचन आचारसंहिताको चरम उल्लघं गरेको एमाले चितवनको आरोप

    २ वर्ष पहिले

    बैशाख-२९, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरुले नै निर्वाचन आचारसंहिताको चरम उल्लघंन गरेको भन्दै नेकपा (एमाले) चितवनले पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । मौन अवधि सुरु भएको पहिलो दिन भरतपुर आएका प्रचण्ड आज(बिहीबार) माडी पुगेका छन् ।

    चितवन एमालेले बिहीबार एक विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको सूचना प्राप्त भएको भन्दै एमालेले आवश्यक छानविन गरी उक्त कार्य रोक्न माग गरेको छ।

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै पर्वाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर घरमा पुगी प्रभावमा पार्ने काम गरेको एमालेको आरोप छ ।

    ‘मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिका भित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकोले आवश्यक छानविन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा राज्य पक्षबाट भएको यस्ता कार्यले निर्वाचन निश्पक्ष हुनेमा शंका उत्पन्न भएको बताइएको छ । आचारसंहिताको गम्भिर उल्लघंन गर्ने माओवादी केन्द्र र कांग्रेसका भरतपुर र माडीका उमेदवारको उमेदवारी रद्द गर्ने प्रक्रिया अघि बनाउन समेत उनले निर्वाचन आयोगसँग माग गरेका छन्।