× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोरखाको बालकी मावि मतदान केन्द्रमा माओवादी र कांग्रेस बिच झडप, मतदान पुन सुचारु

    २ वर्ष पहिले

    बैशाख-३०, गोरखाको गण्डकी गाउँपालिका वडा नं ६ बालकी आधारभूत बिधालय मतदान केन्द्रमा माओवादी र कांग्रेस बिच झडप हुँदा केहीबेर मतदान रोकिएको थियो।

    मतदान केन्द्र नजिक अन्य स्थानबाट अपरिचित व्यक्तिहरु आएपछि माओवादी र कांग्रेसका कार्यकर्ताहरु बिच विवाद हुँदा झडप भएको हो।

    झडपका क्रममा १ जना माओवादी र १० जना कांग्रेस कार्यकर्ता घाइते भएका छन्।

    झडपपछि कांग्रेसका वडा सदस्यका उम्मेदवार ठाकुर थापा सहित तीन जनालाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शी ले बताए।

    झडपको खबर प्राप्त भएपछि थप सुरक्षाकर्मी पुगेपछि मतदान पुन सुचारु भएको छ।