× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकामा ७६ प्रतिशत भन्दा बढी मत खस्यो

    २ वर्ष पहिले

    बैशाख-३०, आज सम्पन्न पालिका तहको चुनावमा चितवनको इच्छाकामना गाउँपालिकामा ७६ प्रतिशत भन्दा बढी मत खसेको छ । इच्छाकामनामा गाउँपालिकाको ७ वटा वडामा गरि जम्मा ७६.६८ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    निर्वाचन कार्यालयका अनुसार पालिका भरि १५ हजार ७ सय ३४ मतदाता भएकोमा ११ हजार ९ सय ९६ मत खसेको हो । सबैभन्दा बढी वडा नं १ मा ८२.२५ प्रतिशत र सबैभन्दा कम वडा नं ४ मा ७२.२४ प्रतिशत मत खसेको छ ।

    गाउँपालिकाको वडा नं. १ मा १ हजार ६ सय १७ , वडा नं. २ मा १ हजार ७ सय ६०, वडा नं. ३ मा २ हजार ४ सय ५२, वडा नं. ४ मा २ हजार ४ सय ६१, वडा नं. ५ मा २ हजार २ सय ५३, वडा नं. ६ मा २ हजार १ सय ३८ र वडा नं. ७ मा २ हजार ९ सय ३ जना मतदाताको संख्या रहेको छ ।

    अहिले मतदान केन्द्रहरुबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउने क्रम जारी रहेकोले मतपेटिका संकलन हुने बित्तिकै मतगणना सुरु गरिने निर्वाचन अधिकृत इश्वर आचार्यले जनाएको छ।