× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार विजयी

    २ वर्ष पहिले

    जेठ-३, तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन्।

    गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल बिजयी भएका हुन्।

    विजयी भएका अध्यक्ष विमानले ३ हजार ९ सय ४० मत र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २ सय ३० मत प्राप्त गरे। थापा अघिल्लो कार्यकालको अध्यक्ष हुनुहुन्छ।

    उपाधक्ष्यमा अर्यालले २ हजार ८ सय ४८ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पवित्रा गौलिले २ हजार १ सय ८३ मत प्राप्त गरे।

    ६ वटा वडा रहेको आँबुखैरेनीमा माओवादीले ३ ( वडा नं१,२ र ५) नेपाली कांग्रेसले २ ( वडा नं३ र ४ ) र नेकपा एमालेले एक वडा (वडा नं ६) जितेको छ