× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मेघ गर्जन, चट्याङ्ग हावा हुरी सहित वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको अनुरोध

    २ वर्ष पहिले

    जेठ-३,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग हावा हुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    विभागको अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार , पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।