× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    शहिद लखन गा.पा., गाेरखाकाे वडाध्यक्षमा निर्वाचित हुने पहिलो महिला सकुन थापा बनिन ।

    २ वर्ष पहिले

    गोरखा जिल्लाको सुप्रसिद्ध मनकामना बजार प्रमुख बजारकाे रूपमा रहेकाे शहिद लखन गाउँपालिकामा पहिलो पटक वडाध्यक्षकाे रूपमा महिला उम्मेदवार निर्वाचित भएकी छिन् । गाउँपालिकाको वडा नं. २ को वडाध्यक्षमा नेकपा माअेाबादीबाट सकुन थापा निर्वाचित भएकी हुन् । उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जितेका छन् । 

    सकुन थापा शहिद लखन गाउँपालिकाको इतिहास मै पहिलो महिला वडाध्यक्षमा निर्वाचित भएकी हुन । उनका निकटम प्रतिद्वन्द्वी एवं पूर्व वडाध्यक्ष समेत रहेका एमालेका उम्मेदवार अचल बाबु थापालाइ ११९ मतान्तरले पराजित गर्दै थापा आगामी कार्यकालका लागी वडाध्यक्ष चयन भएका हुन । उनले ५७२ मत पाएकी थिइन भने प्रतिद्वन्दिले ४५३ मत पाएका थिए ।