× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना ६ मा एमालेका अध्यक्ष उम्मेदवार लक्ष्मण चेपाङ सहित प्यानलै विजयी, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता

    २ वर्ष पहिले

    जेठ-३, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा नेकपा एमालेका अध्यक्ष उम्मेदवार लक्ष्मण चेपाङ प्यानल सहित विजयी भएको छ।

    एमालेका उम्मेद्वार चेपाङले सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेद्वार विराज गुरुङलाई २ सय २३ मतान्तरले हराउन सफल भएको हो।

    विजयी उम्मेद्वार चेपाङले ७ सय ९७ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गुरुङले ६ सय १३ मत प्राप्त गरे।

    यसैगरि गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षमा एमालेका उम्मेदवारहरुले सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध अग्रता कायम गरेको छ।

    एमालेको अध्यक्ष उम्मेदवार दानबहादुर गुरुङ कांग्रेसका अध्यक्ष उम्मेद्वार गीताकुमारी गुरुङ भन्दा १ हजार ४ सय २४ मतको फराकिलो अग्रता कायम गरेको छ।

    यसैगरी उपाध्यक्षमा एमालेकी माया सिलवालले गठबन्धनका माओवादी उम्मेदवार प्रताप गुरुङ भन्दा १ सय ९६ मतले अगाडी रहेको छ।