× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना ५ को पहिलो निर्णय ‘प्लास्टिक मुक्त वडा’

    २ वर्ष पहिले

    जेठ-१०, चितवनको इच्छाकामना गाउँपालिका ५ का अध्यक्ष तेजबहादुर शेरचनले आफ्नो कार्यकालको पहिलो निर्णय वडालाई प्लास्टिक मुक्त क्षेत्र बनाउने गरेका छन्।

    सोमबार पदभार ग्रहण गर्दै शेरचनले वडालाई प्लास्टिक मुक्त क्षेत्र बनाउने निर्णय गरेका हुन ।

    उनले भने ” प्लास्टिक मुक्त क्षेत्र बनाउने कार्य जटिल नै छ तर असम्भब छैन। सजिलो कार्य जसले पनि गर्दछ। म जनताको प्रतिनिधित्व गरेर आएको जनप्रतिनिधि भएको नाताले जनताको स्वास्थ्य तथा वातावरण प्रदुषणलाई ध्यानमा राखेर वडालाई प्लास्टिक मुक्त क्षेत्र बनाउने कठिन कार्यलाई सार्थक तुल्याउन विज्ञ एवं सरोकारवालासँग छलफल गरि टुङ्गोमा पुर्याउने छु।”

    उनले थपे ” जनताले म प्रति अपेक्षा राखेर नै चुनेर पठाएको हुँदा जनताको अपेक्षालाई ५ वर्ष भित्र पुरा गर्न प्रतिवद्ध ब्यक्त गर्दछु।म जनताको सेवक बन्न आएको हुँदा जनताको साथ सहयोग र टिप्पणी मेरो लागि मार्गदर्शक हुन्, सुझावको अपेक्षा राख्दछु।”

    वडा अध्यक्ष शेरचनले यस अघि नै वडा अध्यक्ष हैसियतले आउने तलब सिमान्तकृत चेपाङ जातिको स्वास्थ्य विमा गरिने घोषणा गर्नु भएको थियो।