× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित वर्षाको सम्भावना

    २ वर्ष पहिले

    जेठ-११,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार देशभर आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।