× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दलकाे कार्यकारिणी पदमा रहेका शिक्षकलाई राजीनामा दिन ७ दिने अल्टिमेटम

    २ वर्ष पहिले

    ११ जेठ, बर्दिया। बर्दियाको राजापुर नगरपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सात दिन भित्र राजीनामा दिन निर्देशन दिएको छ ।

    नगरपालिकाका मेयर दिपेश थारुले नगरमा रहेका विद्यालयलाई पत्राचार गर्दै दलको कार्यकारिणी पदमा रहेका शिक्षक र कर्मचारीलाई राजीनामा दिन लगाउन निर्देशन दिएका हुन् ।

    ‘शिक्षा ऐनको व्यवस्था उल्लङ्घन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सकृय रूपमा दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने यस राजापुर नगरपालिकाअन्र्तगत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यलयमा पेस गर्न हुन जानकारी गरिन्छ,’ पत्रमा भनिएको छ ।

    • अनलाइनखबरबाट