× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ मुग्लिन सडक खण्डमा ग्यास बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा, गाडी दुईतर्फी संचालनमा

    २ वर्ष पहिले

    जेठ-१३, नारायणगढ मुग्लिन सडक खण्डमा ग्यास बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएपछि गाडी दुईतर्फी संचालनमा आएको छ।

    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो ।

    बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।

    आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बुलेटमा ग्यास भएपनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

    ग्यास वुलेटमा आगलागी भएपछि सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी अबरोध गरिएको थियो। हाल आगो नियन्त्रणमा आएपछि दुवैतर्फको बाटो संचालनमा आएको हो।