३ वर्ष पहिले
जेठ-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ३ सय ४१ जना पुगेको छ ।
२४ घण्टामा २ हजार २ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ९५ हजार ८ सय ८५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार १ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ९१ हजार ८ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय २४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ सय २३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेको छ।
२४ घण्टामा १३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ३७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ ।हाल आइसीयू १ र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।