× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी संचालनमा

    २ वर्ष पहिले

    जेठ-१४, चितवनको मुग्लिन-नारायणगढसडकखण्डमा पहिरो खसेर दुईवटा गाडी पुरिएपछि अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७:२५ बजे दुईतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

    इच्छाकामना गाउँपालिका ६ अन्तर्गत मुग्लिन-नारायणगढ सडकअन्तर्गत पर्ने तोपेखोला नजिकै अपराह्न साढे ५ बजे सुख्खा पहिरो खसेको थियो ।

    हाल सडक दुईतर्फी संचालनमा आएपनि अत्याधिक गाडीको चापले गर्दा सहजरुपमा गाडी अगाडि बढ्न सकिरहेको छैन।