× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले ग्यासमा दिँदै आएको अनुदान कटौती गर्ने, ग्यासको मुल्य वृद्धि हुन सक्ने!

    २ वर्ष पहिले

    जेठ-१५, सरकारले आगामि वर्षबाट एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गर्ने नीति लिएको छ । सरकारले एलपी ग्यास छोडौं बिजुली जोडौँ अभियान सुरु गरेको हो ।

    अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण प्रस्तुत गर्दैै यो अभियान सुरु गरिने बताएका हुन् ।

    बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले एलपी ग्याँस छाडेर बिजुलीबाट खाना पकाउँनतिर लाग्नुपर्ने बताएका छन्।

    उनले प्रत्येक परिवारलाई विद्युतीय चुल्होमा अनुदान प्रदान गर्ने र खाना पकाउँने एलपी ग्याँसको उपभोग कम गर्न ग्यासमा दिँदै आएको अनुदान कटौती गर्ने घोषणा गरे । उनको यो घोषणासँगै ग्याँसको मूल्य ६२५ रूपैयाँ बढ्ने सक्ने भएको छ ।

    सरकारले अहिले प्रति सिलिण्डर ६२५ रूपैयाँ अनुदान दिँदै आएको छ । १८०० रुपैंयाँ प्रतिसिलिण्डर रहेको ग्याँसमा सरकारले दिदै आएको अनुदान कटौती गर्दा ६२५ रूपैयाँले बृद्धि भएर २४२५ रूपैयाँ पुग्नेछ ।