× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

    २ वर्ष पहिले

    जेठ-१६, यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

    विभागले आज साेमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो ।

    अब नयाँ लाइसेन्सका लागि आज बेलुका ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को हप्ताको सोमवारदेखि आवेदन खुला हुने विभागले जनाएको छ । विभागका अनुसार अब applydl.dotm.gov.np मा लग इन गरी नयाँ आवेदन भर्नुपर्ने हुन्छ ।