× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले भोलि शनिबारको दिन दियो सार्वजनिक बिदा

    २ वर्ष पहिले

    जेठ-२०, सरकारले भोलि शनिबार रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ।

    रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो ।

    रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकाे छ । उक्त दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।