× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भोलि आइतबार नारायणगढ बुटवल सडकखण्ड ६ घण्टा बन्द हुने

    २ वर्ष पहिले

    जेठ-२१,भोलि आइतबार नारायणगढ बुटवल सडकखण्ड ६ घण्टा बन्द हुने भएको छ।

    नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा अवस्थित पूर्व पश्चिम राजमार्गमा रहेको चोरमारा पुल मर्मतका लागि यातायात संचालनमा रोक लगाइएने भएको हो ।

    यही जेठ २२ गतेका दिन विहान ८ बजे देखि दिउसो २ बजे सम्मका लागि सो खण्डमा यातायात संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

    चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुलको बिच भागमा प्वाल परेकोला यातायात संचालनमा जोखिम रहेकाले यसको मर्मत गर्न लागिएको हो ।

    यातायात संचालनकै अवस्थामा पुल मर्मत गर्न कठिन हुने भएकाले २२ गते ६ घण्टा सो खण्डमा यातायात संचालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । पुल मर्मतको समयमा प्रशासनले एम्बुलेन्स बाहेक साना र ठूला सवारीलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।