× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साइकलको नेपाल प्रवेश- सुनिल उलक

    २ वर्ष पहिले

    जेठ-२१, साइकल आविष्कारको करिव १०० वर्ष पुग्न लाग्दा सन १९१० मा भारतमा रहेको अंग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्राएका थिए । यि साइकलहरु बिभिन्न प्रयोजनको लागि भित्राइएको थियो । भारत भित्रिएको यहि साइकल मध्य केही नेपाल पनि भित्रिएको अनुमान गरिएको छ । त्यस बेलाका राणा श्री ३ महाराजाका छोरा नातिहरुको लागि केही साइकल भित्रिएको अनुमान गरिएको छ ।

    श्री ३ वीर शम्शेरका बैज्ञानिक छोरा गेहेन्द्र शम्शेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै बैज्ञानिक आविष्कार हुन नै पाएन । तर उनका छोरा शूरशम्शेर भने नेपालमा साइकल चढ्ने पहिलो ब्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ । तिर्थनारायण मानन्धरले आफ्नो पुस्तक “काठमाडौ: उहिले र अहिले”मा सूर शम्शेर नै साइकल भित्राउने ब्यक्ति रहेको अनुमान गरेका छन् । उनको अनुमानमा सन १९०३ लेखिएको छ । तर भारतमा अंग्रेज सरकारको समयमा पहिलो खेपमा ३५ हजार थान साइकल भित्राएको नै सन १९१० मा भएको हुँदा सोही समय नै नेपालमा पनि साइकल भित्रिएको सहजै अनुमान गर्न सक्छौ । यस पछि भारतीय ब्यापारी सुधिर कुमार सेनले भारतमा साइकलको ब्यबसायको शुरुवात नै गरेका थिए । उनले बेलायतको प्रख्यात साइकल रेलै साइकल (Raleigh cycle)संग मिलेर सेन रैले साइकल उत्पादन समेत गरेका थिए ।

    सन १९१० अर्थात बिसं १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्राउने सूर शम्शेर सौखिन राणा सन्ततीमा पर्दथे । श्री ३ वीर शम्शेरले आफ्ना छोरा गेहेन्द्रशम्शेरको लागि बनाइदिएको काठमाडौको सबैभन्दा बढि सुविधा सम्पन्न दरवार सेतो दरवार छोरा गेहेन्द्रको युवाकालमा नै देहान्त भए पछि यो दरवार सूर शम्शेरको हकमा आएको थियो । सौखिन सूर शम्शेरले त्यतिबेला नै मूक चलचित्र (silent movie) को ठूलो संग्रह सेतो दरवारमा राखेका थिए । साथै उनि अत्तरका सौखिन थिए । जसले गर्दा बिभिन्न किसिमका अत्तरहरुको संग्रह पनि उनको थियो । बाजे धीरशम्शेर लखनउमा आक्रमणमा जाने समय नवावको दरवारबाट लिएर आएका बिभिन्न अत्तरहरु पनि उनको संग्रहमा राखिएको थियो । तर दुखद बि.सं. १९९० को बैशाखमा सेतो दरवारमा भएको भयानक आगलागीमा सेतो दरवार मात्र होइन उनको संग्रहमा रहेको कतिपय महत्वपूर्ण वस्तुहरु पनि जलेर नष्ट भए । भनिन्छ उनको संग्रहका अत्तरहरुको संग्रहमा आगलागी हुँदा त्यसको वास्नाले काठमाडौ शहर नै सुगन्धित भएको थियो ।

    यसरी सूर शम्शेरको समय केवल सौखिन राणाहरु बिच मात्र सिमित रहन पुगेको साइकल यसको केही समय पछि । नै विश्व युद्धको चपेटामा विश्वका प्रमुख राष्ट्रहरु पुगे पछि नेपाल पनि अछुटो रहन सकेन । नेपालका तत्कालिन महाराजा श्री ३ चन्द्रशम्शेरले पनि अंग्रेजको सहायतार्थ नेपाली युवाहरुलाई गोर्खाली सैनिकको रुपमा युद्धमा होमिन बाध्य बनाए । साथै नेपाली सेनालाई पनि छोरा बबरशम्शेरको नेतृत्वमा प्रथम विश्वयुद्धमा पठाए । युद्धको कारण २ लाख नेपालीहरु होमिए भने करिव २० हजारले जीवन गुमाए । करिव करिव त्यति नै संख्या अंगभंग भएर स्वदेश फर्किए । यसरी युद्धले नेपाली युवाको मृत्यु भए तापनि फर्किएका नेपाली लाहुरेले भने तत्कालिन समयमा नै करिव १५ करोड रुपैया बराबरको भारतीय कम्पनी तथा बिभिन्न जिन्सी भित्राएका थिए । यसरी भित्रिएको जिन्सीमा साबुन, चुरोट, लाइटर, ब्लेड, तास, जुत्ता, मोजा आदि थिए । यसको साथै कतै कतै आफूले युद्धमा प्रयोग गरेको साइकल पनि लिएर आएको उल्लेख गरेको भेटिन्छ ।

    प्रथम विश्वयुद्धमा सैनिक प्रयोजनको लागि बिशेष प्रकारको आर्मी साइकलको पनि उत्पादन शुरुवात भएको थियो । साइकलमा नै बन्दुक राख्न मिल्ने गरि बनाइएका साइकलहरुमा सैनिकहरु लाम लागेर हिड्दथे । छिटो पुग्न सकिने र सहजै आक्रमणको लागि तैयार हुन सक्ने हुँदा पनि साइकल यूनिट नै खडा गरिएको थियो । ५० देखि १०० माइलसम्मको दुरीमा दैनिक हिड्न सकिने हुँदा पनि साइकल युनिटको महत्व प्रथम विश्व युद्धमा अत्यधिक भएको थियो ।

    प्रथम विश्व युद्धको समाप्ती पछि स्वदेश फर्किएका केही गोर्खाली सैनिकहरुले बि.सं. १९७५-७७ तिर नेपालमा साइकल भित्राएको अनुमान गरिएको थियो । बि.सं. १९८१ सालमा आइपुग्दा भने राशन ब्यापारी अष्टनारायणले असन कमलाक्षीको आफ्नै घरमा आफ्नो बुबाको नाम जोडेर पञ्चनारायण अष्टनारायण साइकल पसल नै खोले । अष्टनारायण कामको सिलसिलामा कलकत्ता पुग्दा उनले बजारमा देखिएको साइकल किनेर नेपालमा पनि बिक्री गर्ने अठोट गरे । उनले कलकत्ताबाट ६ वटा बेलायती हर्क्युलस साइकल किने । कलकत्ताबाट रक्सौलसम्म तथा रक्सौलबाट अमलेखगञ्जसम्म रेलमा ति साइकल आइपुग्यो । अमलेखगञ्जबाट लरीमा भिमफेदी ल्याएर त्यहाँबाट बोकेर काठमाडौ ल्याइपुर्याइयो । खर्चसर्च जोडेर एउटा साइकलको १०० रुपैया पुग्न गयो । त्यतिबेला एउटा ठूलै अफिसरको तलव बल्ल महिनाको १०० हुन्थ्यो । हत्तपत्त कसैको साइकल किन्ने आँट आउँदैनथ्यो । त्यसैले ६ वटा साइकल बिक्न निकै लामो समय लाग्यो । करिव १ वर्षमा साइकल सबै बिके पछि फेरी कलकत्ताबाट नै साइकल ल्याइयो । यसपटक भने रोपवे बनिसकेको हुँदा भिमफेदी देखि भने भरियालाई बोकाउनु परेन । यसरी फिलिप्स, रेलै, हर्कुलस साइकल ल्याएर बेच्न थालेका थिए ।

    खानेकुराको ब्यापार गर्न पञ्चनारायणको परिवारमा छोरा अष्टनारायणले साइकल बेच्न थाल्दा निकै गालि पनि खाएका थिए । तर पछि भने अष्टनारायणका छोरा तीर्थनारायणले पनि साइकल ब्यबसायलाई नै निरन्तरता दिए । तीर्थनारायण पछि त्रिरत्न मानन्धरले पनि ब्यबसायलाई निरन्तरता दिए । तीर्थनारायणका छोरा त्रिरत्नको समयमा भने साइकल आम मानिसको लागि आबश्यक भइसकेको थियो । बाबुलाई साइकल ब्यबसायमा होमिएका त्रीरत्नले मेकानिकल इञ्जिनियरिङ अध्ययन गर्न पोलाण्ड नै पुगे । बाजेको समय देखिको नाममा भने केही छोटो बनाएर पञ्च अष्टनारायण साइकल पसल राखे । निकै ठूलो सपना बोकेर साइकल ब्यापारमा होमिएका त्रीरत्नको अचानक २०४० सालमा मोटरसाइकल दुर्घटनामा देहान्त भयो । जसले गर्दा ब्यबसायमा ब्यबधान आयो । छोराहरु सानै भएको हुँदा काकाहरु सहितको संयुक्त परिवारले नै ब्यबसाय धानिरहदा पनि निरन्तरता नहुने हो कि भन्ने सम्म पुग्यो । तर अहिले त्रीरत्नका कान्छा छोरा तिरेकले युवाहरुको रोजाइसंग भिज्दै PANC Cycle नामबाट ब्यबसायलाई अझ बढी बिस्तार गरेका छन् ।

    अन्तत तिर्थनारायणका नाति तिरेकले साइकल ब्यबसायलाई निरन्तरता दिइ रहेका छन् । पञ्चनारायण अष्टनारायण साइकल पसल यो लामो नामलाई छोट्याए । शुरुका अंग्रेजी अक्षर PANC लाई मिलाएर PANC Bike नाम राखे । नयाँ पुस्ताका नयाँ सोच संगै अब भने तैयारी साइकल मात्र होइन आफूलाई मन पर्ने सामग्री राखेर नयाँ साइकल पनि बनाउने गरिन्छ ।तस्विरमा अष्टनारायणको साइकल पसल देख्न सकिन्छ । २

    ०३२ सालको कार्तिकमा नेवारी नयाँ वर्ष न्हू दयाँ भिन्तुना निस्कने तैयारीमा साइकल चालकहरु देख्न सकिन्छ । साथै इनसेटमा माथि बायाँ तर्फ प्रथम विश्व युद्धमा सहभागी साइकल युनिटका जवानहरु देख्न सकिन्छ ।