× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौंमा बेलायती शैक्षिक मेलाको आयोजना हुने

    २ वर्ष पहिले

    जेठ-२३,अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एसएस आइ युके नेपालले बेलायती शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।

    आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले जेष्ठ २८ गते होटल एभरेष्टमा “दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२” आयोजना गर्ने जानकारी गराएको हो।

    आफ्नो स्थापना काल देखिनै बेलाबेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको एस एस आइ युके नेपालका निर्देशक विनय अधिकारीले जानकारी गराउनुभयो।

    फेयर मार्फत बिद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्,छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआइ युके नेपालका कन्ट्री मेनेजर अस्गर हुँसेनले बताउनुभयो।

    फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया शुरु गर्दछ उनीहरुलाई निशुल्क आई. इ. एल. टि. एस., निशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी गराउनुभयो।

    बैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिहरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मित शिवाकोटीले पत्रकार सम्मेलन मार्फत बताउनुभयो।

    फेयरमा ३ हजार ७५ जनाले एसआई युकेको वेभसाइट मार्फत नाम दर्ता गरिसकेको बताउँदै हजारौ विद्यार्थीले सहभागिता जनाउने निर्देशक अधिकारीले बताउनु भयो।

    डेढ दशक बेलायतमा बिताउनु भएका विनय अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघको केन्द्रीय उपमहासचिव समेत हुनुहुन्छ।