× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अबरुद्ध राजमार्ग सञ्चालन

    २ वर्ष पहिले

    जेष्ठ २४, चितवन
    ट्याङ्करको ठक्करबाट चितवनको लेवाटारमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मुग्लिनबाट काठमाण्डौ जादै गरेको ना ७ ख १३७१ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।

    मृत्यु हुनेमा गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ४ ठेवाटार स्थायी ठेगाना भएका वर्ष २३ को सन्तोष चेपाङ रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।दुर्घटनापछि स्थानीयले दुर्घटना गराउनेको पहिचान गरी मृतकको आफन्तलाई क्षतिपुर्तिको सुनिश्चता नगरे सम्म मृतको शव उठाउन नदिनै भन्दै राजमार्ग ठप्प पारेका थिए ।

    ठक्कर दिने ट्याङ्ककरका चालक रामनगर प्रहरी कार्यालयको नियन्त्रणमा आएको र मृतकको आफन्तलाई क्षतिपुर्ति दिलाउन आवश्यक कार्वाही गरिने सहमतिपछि मृतकको शव पोष्टमार्टमको लागि भरतपुर लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुञ्जित तामाङले हाइवे समाचारलाई बताएका छन् ।