× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण मुग्लिन- नौबिसे र नारायणगढ– मुग्लिन सडकखण्ड अबरुद्ध

    २ वर्ष पहिले

    जेठ-२६, अविर बर्षासंगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक तथा मुग्लिन- नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दिखोलामा राती करिब ११ः१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको छ।

    यस्तै, इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा विहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ।

    अहिले बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिनुभयो ।