× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मर्स्याङ्दी सहकारीद्वारा आयोजित ईच्छाकामना जनप्रतिनिधि सम्मान तथा संवाद कार्यक्रम सम्पन्न

    २ वर्ष पहिले

    जेठ-२६, मर्स्याङ्दी बहुद्देश्यीय सहकारी संस्था मुग्लिनले आयोजना गरेको सम्मान तथा संवाद कार्यक्रममा इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छन्।

    कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवाल, कार्यक्रमका सभापति वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचन, वडा सदस्यहरु तारा गुरुङ, टेकमाया गुरुङ र दलित महिला सदस्य फुलमाया विकलाई खादा ओढाएर सम्मान गरेका हुन्।

    मर्स्याङ्दी सहकारीका सचिव खुमप्रसाद पन्तले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले मर्स्याङ्दी सहकारीले आफ्नो सदस्यहरूको आर्थिक स्तर सुधार्न विभिन्न कार्य गर्दै आएकोमा अब सेवालाई थप विस्तार गरि गाउँका गरिब जनताको जीवनस्तर एवं आयस्तर सुधार्न सहकारीले विभिन्न कार्यक्रम संचालन गरे सो कार्यक्रमलाई गाउँपालिकाले पुर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    अध्यक्ष गुरुङले अब जनप्रतिनिधिलाई सम्मान होईन काम दिने हो र दुई बर्ष भित्रै नतिजा निस्कने काम गरे त्यो समयमा दिने सम्मानलाई आफ्नो सफलता ठान्ने बताउनुभयो ‌‌।

    त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले ‘उज्यालो इच्छाकामना’ नारालाई सार्थक तुल्याउन गाउँका हरेक बस्तीमा छिटो भन्दा छिटो विधुतिकरण गर्न संघिय, प्रदेश सरकार तथा नेपाल विधुत प्राधिकरणसँग समन्वय गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सहकारी संस्थाका सदस्य जुना राजभण्डारीले विगतका वर्षमा मर्स्याङ्दी सहकारीले महिला उद्यमी सम्बन्धि कार्यक्रम गर्दै आएकोमा आगामी दिनहरुमा ग्रामीण क्षेत्रमा रहेको महिला उद्यमी विकासका लागि सहकारी र गाउँपालिका बिच सहकार्य गर्दै कायर्क्रम अगाडि बढाउन सुझाव दिनुभयो।

    कार्यक्रममा मर्स्याङ्दी सहकारीका व्यवस्थापक कुमार श्रेष्ठले विधुतीकरणका लागि संघिय सांसद कृष्णभक्त पोखरेल एवं इच्छाकामना गाउँपालिकाका पुर्व जनप्रतिनिधिको सहयोगका लागि धन्यबाद दिदै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई उज्यालो इच्छाकामनाको नारालाई सार्थक तुल्याउन इच्छाकामनामा विधुतको सबस्टेशन निर्माणको लागि कुरिनटारमा जग्गा उपलब्ध गराउन, ग्रामीण विधुतीकरणको लागि ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई छिटो सम्पन्न गर्न दवाव सिर्जना गर्न सहजिकरण गरिदिन अनुरोध गरे।

    सहकारी संस्थाका पदाधिकारी, सदस्य एवं कर्मचारी उपस्थित संवाद कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापति वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनले सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो।