× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १७ संक्रमित थपिए, निको हुनेको संख्या ७

    २ वर्ष पहिले

    जेठ-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ५ सय ७१ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ९ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख २५ हजार २ सय१५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार १ सय १५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ६ हजार ६ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ सय ९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ सय ९ रहेको छ भने संस्थागत आइसोलेसनमा शुन्य रहेको छ।

    २४ घण्टामा ७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६७ हजार १ सय ७८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्यापनि शुन्य रहेको छ।