× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    हाइवे ताजा अपडेट

    २ वर्ष पहिले

    जेष्ठ २८, चितवन
    राजधानी जोड्ने मुख्य राजमार्गहरु यतिबेला खुल्ला रहेका छन् । मुग्लिन-नारायणगढ र मुग्लिन-नौविसे सडक खण्डको विभिन्न ठाउमा खसेको पहिरो हटाइ राति २ बजेबाट यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म बहादुर अधिकारीले हाइवे समाचारलाई बताएका छन् ।


    त्यस्तै मुग्लिन आँबुखैरेनी सडक खण्डको साखरमा भासिएको ठाउमा भित्ता खन्ने काम भइरहको छ । हिजो राति देखि एकतर्फी सञ्चालन गरेको उक्त विहान ८ बजे पुन सडकको भित्ता खोल्ने काम गरिएको हो । सडक डिभिजन कार्यालय तनहुको १ वटा स्काभेटर, १ वटा लोडर र सडक डिभिजन कार्यालय हेटौडाबाट ल्याएको १ वटा ब्रेकरको प्रयोग गरी भित्ता खन्ने काम भइरहेको यान्त्रिक कार्यालय डुमे्रका साइड इन्चार्ज राम ढुङ्गानाले जनाएका छन् । अहिले एक/एक घण्टा सवारी रोकेर काम भइरहेको र दुई तर्फी सवारी सञ्चालनमा ल्याउन ३ दिन लाग्न सक्ने ढुङ्गानाले हाइवे समाचारलाई बताएका छन् ।