× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    जेठ-३०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा सामान्य देखि आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन,चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।