× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालमा चिनीको मुल्य आकासियो

    २ वर्ष पहिले

    जेठ-३०,नेपालमा चिनीको मुल्य आकासिएको छ। चिनीको मूल्य एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो ।

    नेपाल खुद्रा व्यापार संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए । भारतले चिनी निर्यातमा रोक लगाए पछि मूल्य थप १० रुपैयाँले बढेर ११० रुपैयाँ पगेको संघले जनाएको छ ।

    पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको खुद्रा व्यापारीको भनाई छ । गत जेठ १८ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको छ ।