× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सडक भासिँएको ठाउमा पहाड खन्ने काम सकियो, २४ सै घण्टा एकतर्फी यातायात सञ्चालन अनुमति

    २ वर्ष पहिले

    जेष्ठ ३०, मुग्लिन
    मुग्लिन आँबुखैरेनी सडक खण्ड २४ सै घण्टा सञ्चालन हुने भएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका वडा नं. ४, डम्फिङ्ग नजिकै सडक भासिएपछि यातायात अबरुद्ध हुदै आएको थियो । सडक डिभिजन कार्यालय तनहुँले एकतर्फी सडक सञ्चालन हुने गरी भित्ता तास्ने काम सम्पन्न गरेपछि आजबाट साना तथा ठुला सवारी साधन नोरोकिने भएको हो । सडक डिभिजन तनहुँले सडक भासिँएकै दिन बे्रकर, स्काभेटर र लोडर ल्याएर सडकको भित्ता तास्ने काम गरी सडक एकतर्फी सञ्चालन गराएका थिए ।


    अहिले साना तथा ठुला सबै किसिमका सवारी साधनहरु एकतर्फी चल्न सक्ने गरी अस्थायी रुपमा मात्र सडक निर्माण भएको पछि भु–बैज्ञानिक अध्ययन पछि स्थायी रुपमा सडक निर्माणको काम गरिने सडक डिभिजन कार्यालय तनहुँका डि.ई. लक्ष्मी केसीले हाइवे समाचारलाई बताउनुभयो ।
    इलाका प्रहरी कार्यालय आँबुखैरेनीले वर्षाको समयसंगै साँघुरो सडक र पहिरोको जोखिम भएको कारण सवारी चालकहरुले सावधानीपूर्वक सवारी चलाउन र आफ्नो लेनमा मात्र सवारी हाक्न अनुरोध गरेका छन् । मुग्लिन–पोखरा सडक खण्ड अन्तरगत याम्पाफाँट र घाँसीकुवामा भने राति ११ बजे देखि विहान ४ बजे सम्म जिल्ला प्रशासन कार्यालय तनहुँको यस अघिको सुचना अनुसार नै सवारी रोकिने इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।