२ वर्ष पहिले
जेठ-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ६ सय ३४ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ३२ हजार १ सय २९ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ८ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख १० हजार ९सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९३ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेको छ।
२४ घण्टामा १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६७ हजार २ सय ३३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्यापनि शुन्य रहेको छ।