× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन- नौबिसे सडकखण्ड पुन अवरुद्ध, मुग्लिन नारायणगढ सडकखण्डमा पनि पहिरो खस्यो

    २ वर्ष पहिले

    असार -१, मुग्लिन- नौबिसे सडकखण्ड पुन अवरुद्ध भएको छ भने मुग्लिन नारायणगढ सडकखण्ड पनि अबरुद्ध हुन पुगेको छ।

    ईच्छाकामना-४ स्थित घोप्टेभिरमा माथिबाट पहिरो झरी आज बुधबार २ बजे अवरुद्व भएका बाटो पानी पर्न रोकिएपछ करिब ३:१५ बजे सुचारु भएको थियो तर अविरल बर्षाको कारण पुन पहिरो झरेर सडक अवरुद्ध हुन पुगेको छ।

    यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत ईच्छाकामना-६ स्थित कालीखोला नजिकै पहिरो झरेर दुवै तर्फ सडक अवरुद्ध हुन पुगेको छ।