× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज राति प्रदेश १, मधेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    २ वर्ष पहिले

    असार-२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार आज (बिहीबार) राती प्रदेश १ , मधेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै,राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।