× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौँबाट चुनाव लड्न सञ्चारकर्मी रबि लामिछानेले ग्यालेक्सी टिभिबाट विदा लिए

    २ वर्ष पहिले

    असार-२, सञ्चारकर्मी रबि लामिछानेले आजै ग्यालेक्सी टिभिबाट विदा लिएका छन् ।

    टिभिबाट विदा लिएसंगै लामिछानेले अब काठमाण्डौंबाट स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन लड्ने भएका छन् । आज नै लामिछानेलाई ग्यालेक्सी टिभिका अध्यक्ष जिवी राईले औपचारीक रुपमा विदा गरेका हुन् ।

    लामिछानेले कुन काठमाण्डौंको कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुराको टुङगो लागेको छैन् । तर उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना रहेको जनाइएको छ । लामिछानेले चलाउने कार्यक्रम सिधा कुरा जनतासंगको कार्यक्रमको अन्तिम इपिसोड आज प्रसार हुँदैछ ।