× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासमा डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध

    २ वर्ष पहिले

    असार-३, पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दुम्कीबासमा डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । दुम्कीबास बजारबाट ३ किलोमिटर पूर्व होंग्सी सिमेन्ट जाने बाटो नजिकमा बाढीले महेन्द्रराजमार्गमा बनाइँदै गरेको डाइभर्सन बगाएका कारण शुक्रबार बिहानबाट राजमार्ग अवरुद्ध भएको हो ।

    अस्थायी डाइभर्सन बगाउँदा महेन्द्रराजमार्ग हुदै पूर्वपश्चिमका लागि छुटेका सवारसाधन दुम्कीवास र अरुणखोलामा रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    महेन्द्रराजमार्ग फराकिलो पार्ने क्रममा बनाइएका कल्भर्ट र पुल भएको स्थानको पानीले निकास नपाउँदा कच्ची सडक बगाउने रहेको छ । महेन्द्रराजमार्ग निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारको लापारबाहीका कारण रामजार्गमा खाल्डैखाल्डा रहेका छन् ।