× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मन्त्री प्रेम आलेले एयरलाइन्सका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमै गालीगलौज र हातपात

    २ वर्ष पहिले

    असार-३, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर गालीगलौज र हातपात गरेको छ।

    उनले नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो अन्नपूर्ण पोष्टले सार्वजनिक गरेसँगै विवादमा तानिएका हुन्।

    आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ।आले पटक पटक विभिन्न बहानामा आलोचित हुँदै आएका छन्।

    यसअघि पनि मन्त्री आलले कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो। त्यतिबेला २ मिनेट २५ सेकेन्डको भिडियो सार्वजनिक भएको थियो।

    त्यतिबेला आलेको राजीनामासमेत माग भएको थियो। मन्त्री आलेको सचिवालयले त्यतिबेला तथ्यहीन आरोप लगाउन खोजेको भन्दै खण्डन गरेको थियो।