२ वर्ष पहिले
असार-४, पहिरोको कारण मुग्लिन नारायणगढ सडक पुनः अबरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित टोपेझोला नजिकै बिहान करिब बिहान ११:१५ बजे सुख्खा पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको हो।
सुख्खा पहिरो झरेर दुईतर्फी बन्द भएको बाटो खोल्ने प्रयास भइरहेको र पहिरो पन्छाउन करिब २ देखि ३ घण्टा लाग्ने हुँदा सवारी साधन तथा यात्रुहरु सुरक्षित स्थानमा रहन इलाका प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको छ।