× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस्तो छ आजको देशभरको मौसम

    २ वर्ष पहिले

    असार-५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।