३ वर्ष पहिले
असार-६, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
समति गठन भएसँगै अधिकारी निलम्बनमा परेका हुन्। उनीमाथि विभिन्न आरोप लगाउँदै छानबिन समिति बनाइएको हो।
केही दिनअघि मात्र उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली गरी हातपातसमेत गरेको अडियो बाहिरिएको थियो।