× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जग्गा बाँझो राख्नेलाई करमा दोब्बर दस्तुर लिईने

    २ वर्ष पहिले

    असार-७,गोरखाको शहीदलखन गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि जग्गा बाँझो राख्नेलाई भूमिकरमा दोब्बर दस्तुर लिईने भएको छ।

    गाउँपालिकाको ११ औँ गाउँ सभाको अवसरमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेशबाबु थापा मगरले कृषि नीति अन्तरगत पाँच रोपनी भन्दाबढि जग्गा बाँझो राख्नेलाई भूमिकरमा दोब्बर दस्तुर लिईने जनाएको हो।

    त्यसैगरी एक वडा एक कृषि उपज संकलन केन्द्रको स्थापना, उत्पादनमा आधारित भई कृषकलाई अनुदान दिने गाउँपालिकाको योजना रहेको बताए ।

    अध्यक्ष थापाले गाउँपालिका भित्रका कृषिजन्य वस्तुहरुको उत्पादनलाई प्रशोधन गर्न एक औद्योगिक ग्रामको स्थापना गर्ने, तालिमहरुबाट ब्यबसाय सञ्चालन गरी आफु स्वंयम रोजगार भएका तथा अरुलाई समेत रोजगार दिएका उद्यमीहरुलाई थप प्रोत्साहन गर्न ब्यक्तिगत तथा सामूहिक अनुदान प्रदान गरिने बताए ।

    यस्तै, सहकारी नीति अन्तर्गत दलित, सीमान्तकृत, अल्पसंख्यक तथा सर्वसाधारण गाउँपालिकाबासी नागरिक माझ सहकारीको पहुँच बिस्तार, श्रमिक तथा पेशाकर्मीहरुको हक अधिकार संरक्षण तथा व्यवसायिकता विकासको लागि श्रमिक सहकारी संस्था स्थापनालाई प्राथमिकता दिईने बताए ।