× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देशभरका स्थानीय निकायले बजेट सार्वजनिक गर्दै

    २ वर्ष पहिले

    असार-१०, देशभरका स्थानीय निकायले आज(शुक्रबार) बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले २०७९/०८० को बजेट ल्याउन लागेका हुन् ।

    अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनमा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

    सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले बजेट ल्याउन लागेका हुन । यसरी पेश भएको बजेट असार मसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुनुपर्नेछ ।

    बाजुराको बूढीगंगा नगरपालिकामा निर्वाचन हुन बाँकी रहेको ले सो पालिका बाहेक सबै ७ सय ५२ स्थानीय तहले शुक्रबार बजेट ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    सरकारले पालिकालाई संघीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएको छ ।यो बजेटसहित पालिकाको आफ्नै आन्तरिक स्रोतलाई समेत आधार मानी पालिकाले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका हुन् ।

    यसअघि जेठ १५ गते संघ, सरकार र असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् । संघ सरकारले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।