२ वर्ष पहिले
असार-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ९ सय ९ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ८ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ४९ हजार ३ सय ५५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ७ सय ३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख २३ हजार २ सय ५० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ८१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ सय ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ जना रहेको छ।
२४ घण्टामा १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ५९ सय जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २ जना र भेन्टिलेटरमा १ जनाको उपचार भई रहेको छ।