× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ठेलामा पानीपुरी तथा चटपटे बेच्न रोक

    २ वर्ष पहिले

    असार -१२, ललितपुर महानगरपालिकाले फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ । हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले आज आइतवारदेखि गाडीमा माइकिङ गरेरै फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको हो ।

    हैजाको जोखिम कोरोना महामारीको जस्तै डर लाग्दो हुने भएकाले बेलैमा सचेत रहन यो काम सुरु गरेको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु गरिएको माइकिङ महानगरका २९ वटै वडामा एक हप्तासम्म गरिनेछ । माइकिङमा हैजा कसरी लाग्छ ? यसबाट बच्न के–के गर्नुपर्छ ? र यसका लक्षणहरू के – के हुन् ? भन्नेबारेको जानकारी दिइनेछ ।

    यसका साथै फुटपाथमा असुरक्षित ढङ्गले पानीपुरी र चटपटे बेच्न नपाइने जानकारी पनि गराइनेछ । सफा पानी र पञ्जाको प्रयोग गर्ने होटल तथा रेस्टुरेन्टहरूमा भने बेचबिखन गर्न दिइनेछ । ठेलागाडाको प्रयोग गरेर पानीपुरी मात्रै होइन फलफूलसमेत बेच्न नपाइने प्रमुख हाछेँथुले जानकारी दिनुभयो ।

    महानगरमा नगर प्रहरीका दुई वटा टोली खटिनेछन् । जसमा एक टोली गाडीमा माइकिङका लागि र अर्को टोली फुटपाथमा बेचबिखन भए/नभएको जाँच्नका लागि खटिने प्रमुख हाछेँथुकाे भनाइ छ ।