२ वर्ष पहिले
असार-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ९ सय ६५ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ७७ जनाको पिसिआर परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ५१ हजार ३ सय ६९ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ६ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख २४ हजार ७ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ९२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ जना रहेको छ।
२४ घण्टामा १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ३ सय ८९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३ जना र भेन्टिलेटरमा शुन्य संख्यामा रहेको छ।