× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतीय बजार गएका २ युवतीमाथि सामूहिक बलात्कार

    २ वर्ष पहिले

    असार -१३, दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

    आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए ।

    डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।